कोशीमा पोजेटिभ देखिएका एक जनामा कोरोना पुष्टि, अन्यको नतिजा आउन बाँकी

काठमाडौं, ९ वैशाख । उदयपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिंगका क्रममा सो जानकारी दिइएको हो ।
सोमवार नमूना संकलन गरि कोशी अस्पतालमा पोजटिभ देखिकोमा थप पुष्टिका लागि धरान पठाइएको त्यहाँ त्यसमा एक जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । बाँकी ७ जनाको नतिजा आउन भने बाँकी छ ।
संक्रमित हुनेमा ३३ वर्षका एक जना पुरुष रहेको बताइएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।
Last modified on 2020-04-21 17:22:50