स्वास्थ्य मन्त्रालयले समयमै रिएजेन्ट नपठाउँदा चितवनमा कोरोना परीक्षण रोकियो



Download our app to get more features

चितवन, ९ वैशाख । भरतपुर १० स्थित वाईपास रोडमा रहेको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा रिएजेन्टको अभावले काम रोकिएको छ ।

पिसिआर परीक्षण गर्ने रिएजेन्ट सकिएका कारण कोरोना परीक्षण रोकिएको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले हाम्रो डाक्टर न्यूजलाई जानकारी दिए ।

प्रयोगशालामा ४ सय नमुना परीक्षणको लागि पुग्ने रिएजेन्ट आएकोमा सबै रिएजेन्ट सकिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले हाम्रो डाक्टर न्यूजसँगको कुराकानीमा बताए । 

एक साता अघि देखि नै स्वास्थ्य मन्त्रालयसंग माग गरिए पनि अहिलेसम्म उपलब्ध नभएकाले परीक्षण रोकिएको उनको भनाइ छ । आज साँझसम्म मन्त्रालयले रिएजेन्ट पठाउने सूचना आफुले पाएको भन्दै उनले रिएजेन्ट प्राप्त हुनसाथ परीक्षण पुनःसञ्चालनमा ल्याइने जानकारी गराए ।मन्त्रालयसँग आवश्यक समन्वय भैरहेको समेत  उनले बताए ।

चितवनमा चैत २३ गते औपचारिक रूपमा भरतपुर कोभिड १९ परीक्षण प्रयोगशाला शुभारम्भ भए पनि चैत २४ देखि नियमित रूपमा कोरोना भाइरसको परीक्षण भइरएको थियो । अहिले यो प्रयोगशाला भरतपुर अस्पताल मातहत सञ्चालनमा छ ।
 

Last modified on 2020-04-21 11:29:43

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts