कास्की र म्याग्दीमा भेटियो डेंगु संक्रमण



Download our app to get more features

काठमाडौं, ९ वैशाख । कास्की र म्याग्दीमा गरि २ जना डेंगुका बिरामी फेला परेका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमवार सार्वजनिक गरेको सूचना अनुसार कास्कीमा एक र म्याग्दीमा एक जनामा डेंगु संक्रमण भएको हो ।

विस्तारै नेपालमा किटजन्य रोग देखिन थालेपछि महाशाखाले सुरक्षित रहन आग्रह गरेको छ । 

गतवर्ष यसै बेला धरानबाट सुरु भएको डेंगु देशभर फैलिँदा १२ जनाभन्दा बढीको मृत्यु भएको थियो । महाशाखाले नागरिकलाई सचेत गराउँदै घरवरि र घरभित्र सरसफाईमा ध्यान दिन पनि आग्रह गरेको छ ।

Last modified on 2020-04-21 07:55:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts