उदयपुरमा १ सय ५७ जनाको नमूना संकलन, टेकुमा पीसीआरबाट परीक्षण हुँदै

काठमाडौं, ८ वैशाख । उदयपुरमा कोरोना संक्रमित भेटिएपछि त्यहाँबाट एक सय ५७ जनाको नमूना संकलन गरिएको छ ।
१२ जनामा एकैसाथ कोरोनाका संक्रमण पुष्टि भएपछि नेपाली सेना सहितको स्वास्थ्यकर्मीको विशेष टोलीले गरेको नमूना संकलनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले एक दुई दिनमा उनीहरुको नतिजा आउने बताए ।
यस्तै अत्यावश्यक स्वास्थ्य सेवामा अवरोध नगर्न पनि मन्त्रालयले सम्बन्धीत सबै अस्पताललाई आग्रह गरेको छ । मुटुरोग, क्यान्सर, मृर्गौला रोग, प्रसुति लगायतका सेवा नरोक्न मन्त्रालयले भनेको छ ।
Last modified on 2020-04-20 16:35:54