लुम्बिनी प्रादेशिक अस्पतालमा स्वचालित स्यानिटाइजर स्प्रे टनेल जडान



Download our app to get more features

रुपन्देही, ८ वैशाख । प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन (पिन) ले लुम्बिनी प्रादेशिक अस्पताललाई स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण जडान गरिदिएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले सो उपकरणको सोमबार उद्घाटन गरेका हुन् । 

मन्त्री बरालले कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको र लकडाउनलाई सघाउने गरि विज्ञानले विभिन्न विधि र उपकरण विकास गरिरहेको बताए । यसै मध्येको यो उपकरण पनि एक भएको उनको भनाइ छ । सर्वसाधरणको भीडभाड हुने स्थान लुम्बिनी प्रादेशिक अस्पताल, अन्य सरकारी कार्यालय, डिपार्टमेन्टल स्टोर्सलगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नु पर्ने बरालले बताए । उनले कोरोनाले अहिले हाम्रो दैनिकलाई मात्र असहज बनाए पनि यसले दीर्घकालीन रुपमा पार्ने आर्थिक, सामाजिक र साँस्कृति असरलाई अहिले देखि नै ‘मेकअप’ गर्ने योजनासहित काम गर्नुपर्ने बताए । प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसनमा आबद्ध ईन्जिनियरहरूले बनाएको  स्वचालित टनेल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको गेटमा जडान गरिएको छ । 

कोरोना संक्रमणको जोखिमबाट अस्पताल प्रवेश गर्नेलाई जोगाउन टनेलले सहयोग पुगोस् भन्ने उद्देश्य राखेको ईन्जिनियर दिपक पाण्डेले बताए । करिब एक लाख मूल्य पर्ने स्यानिटाइजर टनेल मानवीय सेवाको दृष्टिले निःशुल्क उपलब्ध गराएको बताए । ईन्जिनियर पाण्डेको नेतृत्वमा एसोशिएसनमा आबद्ध आठ जना ईन्जिनियरले टनेल निर्माण गरेका हुन । कोरानाको संक्रमणबाट जोगिन अस्पतालमा जाने चिकित्सक र बिरामीसँगै त्यहाँ जाने सबैलाई पुरै शरीर स्यानिटाइज गर्नु अति आवश्यक भएकोले उपकरण हस्तान्तरण गरेको उनले बताए ।

स्यानिटाइजर टनेलले कम लिक्विइडबाट जति मानिस आवतजावत गरे पनि स्वचालित रुपमा स्प्रे गर्नेछ । स्यानिटाइजर टनेलको सेन्सरले मान्छे आउनासाथ स्प्रे  सुरु गर्छ । ७ सेकेन्डमै बन्द हुने निर्माण संयोजक ईन्जिनियर दिपक पाण्डेले बताए । गेटमा जडान गरिएको स्यानिटाइजर टनेल करिब चार फिट चौडा, साढे सात फिट उचाइको छ ।


 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts