आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका सर्लाहीका बालकको पिसिआरमा नेगेटिभ  



Download our app to get more features

सर्लाही, ७ बैशाख । र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) मा पोजेटिभ देखिएको सर्लाहीको एक बालकको पिसिआर परीक्षणमा निगेटिभ रिजल्ट आएको छ ।  
सर्लाही धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका एक १४ वर्षीय बालकलाई शुक्रवार साँझ आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनको पिसिआर परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको थियो । २३ चैतमा भारतको राजधानी दिल्लीबाट घर आएका बालकको टेकुमा स्वाब परीक्षण गरिएको हो । सोमबार गरिएको स्वाब परीक्षणमा बालकको रिपोर्ट निगेटिभ आएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए । 

पिसिआर टेष्ट नेगेटिभ आए पनि अझै बालकलाई स्वास्थ्यकर्मीको निगरानीमै धनकौल गाउँपालिकाकै क्वारेन्टाइनमा राखिने उनले बताए । ‘जनकपुरमा पनि स्वाब परीक्षण गर्दा शनिवार निगेटिभ देखिएको थियो’  प्रजिअ जिसीले भने, ‘थप पुष्टीका लागि काठमाडौंको टेकुमा स्वाब पठाइएको थियो, त्यहाँ पनि निगेटिभ रिपोर्ट आएको छ ।’ 

बालकसँगै क्वारेन्टाइनमा रहेका अन्य एक जनाको पनि पीसीआर रिपोर्ट निगेटिभ आएको प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए । बालक दिल्लीबाट भारतको बैरगिनिया सिमानाकाबाट रौहतट हुँदै सर्लाही आएका थिए । घर आउने बित्तिकै बालकलाई सुरक्षाकर्मीले क्वारेन्टाइनमा राखेको थियो ।

सर्लाहीमा ९६ जनाको र्यापिड टेष्ट
सर्लाहीको विभिन्न क्वारेन्टाइनमा रहेको ९७ जनाको र्‍यापिड टेष्ट सकिएको छ । ९६ जनाको निगेटिभ र एकजनाको पोजिटिभ देखिएको थियो । स्वाब परीक्षणपछि त्यो पनि निगेटिभ भएको छ ।

Last modified on 2020-04-20 15:21:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts