कोरोनालाई जितेपछि कैलालीका युवक भन्छन्: अस्पतालमा कुनै समस्या भएन



Download our app to get more features

धनगढी, ७ वैशाख । कैलालीका कोरोना संक्रमित युवक आज अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक राज विक १६ दिन अस्पताल बसेपछि कोरोनालाई जितेर घर फर्किएका हुन् । १२ गते भारतबाट घर पुगेका  उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए । कोरोनालाई जितेपछि सञ्चारकर्मीलाई प्रतिक्रीया दिदै विकले अस्पताल बसाईको क्रममा कुनै समस्या नभएको बताए ।

‘कोरोनासँग लड्ने क्रममा अस्पतालका सरहरुले राम्रो साथ दिए । सुरुदेखि नै मलाई लक्षण पनि देखिएको थिएन्। संक्रमण पुष्टि भईसकेपछि पनि मलाई कुनै पनि समस्या भएन’ उनले भने । 

उनले घर गएपछि पनि डाक्टरको सल्लाहलाई अबलम्वन गर्ने बताए ।

Last modified on 2020-04-19 20:07:36


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts