डा. पुनलाई कार्वाही नगरेको स्वास्थ्य मन्त्रालयको प्रष्टोक्ति



Download our app to get more features

काठमाडौं, ७ वैशाख । सरुवारोग अस्पतालका डा.शेरबहादुर पुनमाथि मन्त्रालयले कुनै कारबाही नगरेको दावी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड १९ का लागि सरकारको तर्फबाट भइरहेको प्रयासको विषयमा अस्पताललाई समस्या नहुनेगरि डा.पुनलाई सहयोगका लागि पठाइदिन हुन पत्र पठाएको जिकिर गरेको छ । 

मन्त्रालयका सहसचिव रघुराम विष्टले मनगढन्त रुपमा सञ्चार माध्यमले समाचार समप्रेषण गरेकोमा सञ्चार माध्यमको निन्दा गरेको छ ।

डा.पुनले आफूले हालसम्म कुनैपत्र नपाएको सञ्चारमाध्यमलाई भनेपनि सञ्चार माध्यमले स्वास्थ्यकर्मीको मनोबल कमजोर हुनेगरि समाचार सम्प्रेषण गरेको भन्दै त्यस्ता काम नगर्न पनि आग्रह गरेको छ । 

डा.पुन आइतवार मन्त्रालयमा उपस्थित भइसकेको पनि उनले बताए ।   

बाँकेको भेरी अस्पतालमा पनि पीसीआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफिङको क्रममा भेरी अस्पतालमा पनि अबदेखि थ्रोट स्वाबबाट कोरोनाको नमूना परीक्षण हुने जनाएको छ । यो सहित नेपालमा पीसीआर विधिबाट १५ स्थानमा नमूना परीक्षण सुरु भएको हो । 

यस्तै उदयपुरमा भेटिएका कोरोना संक्रमितहरुको कन्ट्र्याक्ट ट्रेसिङको काम जारी भएको छ । संक्रमितको सम्पर्क र संसर्गमा आएका व्यक्तिहरुको खोजी गरेर नमूना संकलनको काम जारी भएको र हालसम्म ६९ जनाको नमूना संकलन गरिसकेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । उनले नेपाली सेनाको टोलीपनि त्यसतर्फ पुगिसकेको र २ सय ५० भन्दा बढीको नमूना संकलन गर्ने लक्ष्य लिइएको जानकारी दिए ।  
 

Last modified on 2020-04-19 20:58:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts