डा.पुनका विषयमा बोले पूर्वराजा, स्वास्थ्यकर्मीको मनोबल बढाउन माग



Download our app to get more features

काठमाडौं, ७ वैशाख । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको विषयमा पूर्वराजा ज्ञानेन्द्र शाह बोलेका छन् ।

आफ्नो सामाजीक सञ्जाल ट्वीरमा ट्वीट गर्दै उनले विश्वमा फैलिएको महामारी विरुद्धको लडाइमा सँधै अग्रस्थानमा रहेर काम गर्ने विशेषज्ञ डाक्टर वा कुनैपनि स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्नेमा राज्यको तर्फबाट भएको काम निकै नै निन्दनीय भएको बताएका छन् । 

उनले स्वास्थ्य संकटको यस घडीमा राज्यको तर्फबाट स्वास्थ्यकर्मी र अन्य सहयोगीको मनोबल बढाउनुपर्ने माग समेत गरेका छन् ।

डा.पुनलाई स्वास्थ्य मन्त्रालयले कारबाही गरेको भन्दै शनिवारदेखि बहस सुरु भएपछि पूर्वराजा ज्ञानेन्द्रले यस्तो प्रतिक्रिया दिएका छन् ।

Last modified on 2020-04-19 09:07:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts