उपचारबाट खुशी भएपछि जब बिरामीले अस्पताललाई पीपीई दान गरे...

What's This?


Download our app to get more features

काठमाडौं, ६ वैशाख । करिब एकहप्ता अघि अनुपकुमार सिंह दाँतमा समस्या लिएर काठमाडौंको बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेजमा पुगे । देशभर उपचारमा संलग्न चिकित्सकहरुले जोखिमपूर्वक काम गरिरहेका बेला आफुले सहजै उपचार पाएपछि उनी दंग परे । 

दाँत सन्चो भएर घर फर्किएका सिंहका परिवार खुशी भएर पुनः कान्तिपुर डेन्टल कलेज पुगे । उनीहरुले साथमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने ५० थान पीपीई पनि लगेका थिए । आमा श्रीमती निर्मला राज्यलक्ष्मी देवी सिंहसहित अस्पताल पुगेका अनुपले निजी अस्पतालको आलोचना भइरहेका बेला जोखिम मोलेर बिरामीको उपचारमा संलग्न भएको भन्दै अस्पतालको प्रशंसा गरे । 

उनीहरुले स्वर्गीय हिमालय कुमार ंिसंहको स्मृतिमा अस्पताललाई ५० थान पीपीई दान गरेका हुन् । अस्पतालले पीपीई सहयोग पाएर हर्षित र थप जिम्मेवार बन्न प्रेरणा पाएको प्रतिक्रिया दिएको छ ।

Last modified on 2020-04-19 08:38:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts