सुदूरपश्चिममा झण्डै ७८ सयको कोरोना परीक्षण, संक्रमितको सङख्या स्थिर

धनगढी, ६ वैशाख । सुदूरपश्चिमबाट संकलन गरिएका झण्डै सात हजार ८ सयको नमूनाको पीसीआर र र्यापिड टेस्ट विधिमार्फत् कोरोना परीक्षण गरिएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार आज सम्म पीसीआर प्रविधिबाट दुई हजार चार सय ९५ र र्यापिड टेस्ट मार्फत पाँच हजार तीन सय तीनको गरी अहिले सम्म सात हजार सात सय ९८ जनाको कोरोना परीक्षण गरिएको हो ।
र्यापिड टेस्ट गरिएका एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ भने पीसीआर प्रविधिबाट परीक्षण गरिएका ५ जना बाहेक सबैका रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ । डडेल्धुरामा १० जनाको र्यापिड टेस्ट गर्दा एक जनाको रिपोर्ट पोजेटिभ आएकोमा ति व्यक्तिको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्दा नेगेटिभ आएको छ ।
जसकारण सुदूरपश्चिममा पछिल्लो पाँच दिन यता कोरोना संक्रमितको सङख्या यथावत छ । सात हजार आँठ सड ७८ जनाको नमूना संकलन गरिएकोमा अझै ८० जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ ।
सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढि प्रदेशको राजधानी कैलालीमा दुई हजार सात सय ४६जनाको ¥यापिड टेस्ट गरिएको छ । यस्तै कञ्चनपुरमा ४ सय ६८, बैतडीमा दुई सय ५, दार्चुलामा तीन सय २४, डडेल्धरामा ११, डोटीमा ६ सय ७९, बझाङमा चार सय ८६, अछाममा दुई सय २१ र बाजुरामा एक सय ६३ जनाको ¥यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ ।
यस्तै शनिबारसम्म विभिन्न अस्पतालको आईसोलेसनमा राखिएका ८७ जनालाई डिस्चार्ज गरिएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अहिले प्रदेशका विभिन्न अस्पतालमा १० जनालाई आईसोलेसमा राखिएको छ ।
जसमा ५ जना कोरोना संक्रमित छन् भने बाँकी ५ जनालाई कोरोनाको आशंकामा अस्पतालमा राखिएको छ । उनीहरुको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । यस्तै प्रदेशमा सबै जिल्लामा स्थापना गरिएका विभिन्न क्वारेन्टाईनमा एक हजार दुई सय ३९ जनालाई राखिएको छ ।