चिवतनमा भेटिएका कोरोना संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङ सुरु, पहिलो चरणमा ८ जनाको आरडिटी



Download our app to get more features

चितवन ६ वैशाख । चितवनमा भेटिएका दुई जनाको कन्ट्र्याक्ट ट्रेसिङको काम सुरु भएको छ ।

शनिवार भएको पहिलो चरणमा ८ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिएको छ । र्यापिड टेस्टमा आठै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले बताएका छन् ।

राप्ती नगरपालिकाका आमा छोरामा शुक्रवार कोरोना पुष्टि भएसँगै मन्त्रालयले उनीहरुको कन्ट्र्याक्ट ट्रेसिङको काम सुरु गरेको हो । 

यसैबीच चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट नेपाल आएका उनीहरू चैत ५ गते सार्वजनिक बस चढेर चितवन आइपुगेका राप्ति नगरपालिकाकी प्रमुख प्रभा बरालले जानकारी दिइन् ।

राप्ति नगरपालिका–८ निवासी वर्ष ६३ की महिला र उनको २७ वर्षको छोरामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै उच्च जोखिम बढेकोले वडालाई नै शिल गरिएको नगर प्रमुख बरालले बताइन् ।अहिले उनीहरूको संम्पर्कमा आएका व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ । शंकास्पद व्यक्तिहरुलाई सोही वडाको ब्रहम्मानगर स्कुलमा क्वारेन्टाइनमा राखिने उनले बताइन् ।

यता स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले संक्रमित परिवार ,२० दिन अघिदेखि अहिलेसम्म भेटेका आफन्त र अन्य संम्पर्कमा आएका व्यक्तिहरूको  पहिचानगरी र्या्पिड डाइग्नोस्टिक टेस्ट सुरू गरिएको बताए । केही दिन संम्पर्कमा आएका व्यक्तिहरूको खोजी कार्यसंगै र्या्पिड डाइग्नोस्टिक टेस्टलाई तीव्र रूपमा सञ्चालन गरिने उनले जानकारी दिए । संक्रमितसंग को–कसको भेट भएको थियो उनीहरूलाई आफै  संम्पर्कमा आएर सहयोग गर्न समेत उनले अनुरोध गरेका छन् ।

उनीहरूलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । अहिले उनीहरूमा कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

संक्रमित भेटिएसँगै जिल्लामा उच्च सतर्कता अपनाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । 

Last modified on 2020-04-18 20:11:14

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts