नेपालगञ्ज मेडिकल कलेजको आईसोलेसनमा भर्ना भएका बिरामीको मृत्यु



Download our app to get more features

बुटवल, ६ वैशाख । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसोलेसन वार्डमा भर्ना भएका एक जना बिरामीको मृत्यु भएको छ ।

बर्दिया गुलरियाबाट उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका ईसराईल बेहनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

मृतक इसरायल दुई दिन अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । उनी पहिलेदेखि नै दम रोगबाट पिडीत भएको अस्पतालले जनाएको छ । 

मृतक इसरायललाई कोरोनाको लक्षणसँग मिल्दोजुल्दो खोकि र ज्वरो आएपछि अस्पताल ल्याईएको थियो । 
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले निमोनियाका कारण बिरामीको मृत्यु भएको हुनाले स्वाब परीक्षणका लागि अस्पतालले नपठाएको बताए । 

यसअघि बुटवलस्थित कोरोना विशेष अस्पतालको आईसोलेसनमा भर्ना भएका सैनामैनाका बाबुराम थापाको मृत्यु भएको थियो । योसँगै प्रदेश ५ मा आईसोलेसनमा मृत्यु हुनेको संख्या २  पुगेको छ ।

Last modified on 2020-04-18 16:27:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts