सुदूरपश्चिमका चार जना कोरोना संक्रमितको दोस्रो रिपोर्ट पनि ‘पोजेटिभ’



Download our app to get more features

धनगढी, ६ वैशाख । सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित मध्ये एक जना संक्रमितको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको छ । सेती प्रादेशिक अस्पतालका प्रवक्ता समेत रहेका आकस्मिक विभागका प्रमुख डाक्टर जगदिश जोशीका अनुसार लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो ।

उनको रिपोर्ट नेगेटिभ आएपनि उनलाई अस्पतालको आईसोलेसनमै राखिएको छ । डाक्टर जोशीका अनुसार लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिन्छ । 

यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ वर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुष र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरि पोजेटिभ आएको हो ।

डाक्टर जोशीले तीन जनाको तेस्रो र लम्कीचुहा नगरपालिका वडा नम्वर १ कि महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको बताए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ वर्षीय युवकको तेस्रो रिपोर्ट यसअघि नै आईसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भईरहेको समेत उनले बताए । सुदूरपश्चिममा पछिल्लो ६ दिनयता कोरोना संक्रमितको सङख्या यथावत छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts