प्रदेश ५ मा २ सय ५७ जनाको कोरोना परीक्षण, २ सय ३७ मा कोरोना नभएको पुष्टि



Download our app to get more features

रुपन्देही, ६ वैशाख । प्रदेश नम्बर ५ मा शुक्रवारसम्म ३ सय २० वटा क्वारेन्टाइनमा रहेका १८ सय ८६ जनामध्ये २ सय ५७ जनाको कोरोना परीक्षण गरिएको छ ।

२ सय ५७ जना मध्य २ सय ३७ जनामा नभएको पुष्टि भएको छ भने २० जनाको स्वाब परीक्षणको नतिजा आउन बाँकी छ ।

प्रदेश ५ मा २ सय ५५ जनालाई कोरोना आशंकामा आइसोलेसनमा भर्ना गरिएकोमा २८ जनाको उपचार हुँदैछ भने २ सय २७ जना उपचारपछि घर फर्किसकेका छन् ।

कोरोना परीक्षणका लागि स्वाब संकलन र कोरोना आशंका व्यक्तिको लागि जिल्ला जिल्लामा स्वाथ्यकर्मीहरु खटिएका छन् । खटिएका स्वास्थ्यकर्मीबाट क्वारेन्टाइनमा रहेका २१ सय ८ जनाको आरडिटी गरिएको छ । ती सबै जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेश ५ मा ४८ कोरोना अस्पतालमा ३ सय ३५ वेड क्षमता रहेकोमा अहिले २७ जना बिरामी भर्ना छन् । 

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका स्वास्थ्य शिक्षा अधिकृत नेत्र अर्यालले प्रदेश ५ को भैरहवाको गहुँबाली परिषरभित्र रहेको प्रदेश सरकारको जनस्वास्थ्य प्रयोगशालामा पोर्टेबल पिसिआर मेशिनबाट स्वाबको परिक्षण भइरहेको छ ।

ठूलो पिसिआर मेशिनका लागि प्रयोगशालाका सामाग्रीहरु नेपालगञ्जको पुगेका छन् । भैरहवाको ठूलो क्षमताको पिसिआर मेशिन संचालनमा केही दिन लागेपनि संभवत नेपालगञ्जको पिसिआर मेशिन शुरु गर्ने तयारी भैरहेको छ ।

पोजेटिभ रिपोर्ट आएको खण्डमा यहाँ शतप्रतिशत विश्वस्त हुन नसकिने भएकाले पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइने व्यवस्था गरिएको छ ।

कोरोना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका माइक्रोबायोलोजिष्ट विष्णु रायमाझीको नेतृत्वमा टोली खटिएका छन् । उनलाई लुम्बिनी प्रादेशिक अस्पतालका ल्याब प्राविधिकहरुले सहयोग गरिरहेका छन् । 

एउटा नमुना परीक्षण गरेर रिपोर्ट आउन कम्तीमा एक घण्टा लाग्ने गरेको छ ।भैरहवामा स्थापना भएको प्रयोगशालामा दैनिक १०÷१२ वटा स्वाबको परीक्षण भइरहेको छ ।दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रयोगशाला बनाउने गरी काम अगाडी बढेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts