दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालन गर्न मुख्यमन्त्रीको निर्देशन



Download our app to get more features

रुपन्देही, ६ वैशाख । प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेलले दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला ततल सञ्चालन गर्न निर्देशन दिएका छन् ।
 
कोरोना रोग परीक्षणको लागि भैरहवा, दाङ र नेपालगञ्जमा स्थापना गरिएका प्रयोगशाला सञ्चालन गरी परीक्षणको गति तीव्र बनाउन निर्देशन दिँदै अझ कामको गति बढाएर आपसी समन्वय गर्दे परिणाममुखी नतिजा निकाल्नुपर्ने बेला आएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा चार वटा कोरोना विशेष अस्पताल व्यवस्थापनको जिम्मेवारी पाएका चार मन्त्री,प्रमुख सचिव, सामाजिक विकास मन्त्रालयका सचिव,महाशाखा प्रमुख, स्वास्थ्य निर्देशक र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित प्रगति समिक्षा गर्न बसेको बैठकमा भैरहवाको प्रयोगशालामा परिक्षणको गति बढाउन, दाङ र नेपालगञ्जको प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । 

मुख्यमन्त्री पोखरेलले भने “अब अझै कामको गति बढाऔं, तत्काल कामको नतिजा चाहिएको छ । अझ धेरै मिहिनेत गरेर अहिलेसम्मको कामको नतिजा निकालौं, परीक्षणको गति बढ्दा मात्रै अहिलेसम्मको मिहिनेत काम लाग्छ ।"

प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा आइसीयू सहितको कोरोना विशेष आइसोलेसन अस्पताल निमार्ण गरेको छ ।

कोरोना विशेष अस्पतालमा केही समस्या भए तत्काल समाधान गर्न र विरामीको उपचारमा कुनै असहज अवस्था आउन नदिने गरी काम गर्न निर्देशन  दिए । 

बैठकमा सहभागी मेडिकल सुपरिटेण्डेन्ट, निर्देशक, महाशाखा प्रमुख र सचिवले अहिलेसम्म भएका काम र काम गर्दा आइपरेका समस्याका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts