नेपालमा एकै दिन १४ जनामा कोरोना पुष्टि



Download our app to get more features

काठमाडौं, ५ वैशाख । नेपालमा एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जाँचमा एकै दिन १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका एक कर्मचारीले नाम नबताउने शर्तमा १४ जनामा कोरोना पुष्टि भएको हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले चितवन र उदयुरमा गरि १४ जनाको स्वाब परीक्षण टेकुमा गर्दा उनीहरुमा कोरोना पुष्टि भएको बताए ।

यस विषयमा प्रयोगशालाका व्यक्तिहरुसँग सम्पर्क भएकाे छैन । यद्यपी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भजे थप १४ जनामा कोरोना पुष्टि भएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको भाइवर ग्रुपमा उल्लेख गरिए अनुसार उदयपुरका १२ जना पुरुष र चितवनका एक जना महिला र एक पुरुषमा कोरोना पुष्टि भएको हो । उदयपुरका ३४ वर्षीय, २९ वर्षीय, २६ वर्षीय, ४ जना २८ वर्षीय, २२ वर्षीय, २५ वर्षीय २० वर्षीय, ४० वर्षीय र २९ वर्षीय पुरुष छन् भने चितवन राप्ती नगरपालिकाका ६३ वर्षीया महिला आमा र २५ वर्षीय पुरुष छोरा रहेका छन् । 

Last modified on 2020-04-17 20:00:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts