७५ जिल्लामा आरडीटिबाट कोरोनाको नमूना परीक्षण सुरु

काठमाडौं, ५ वैशाख । नोवेल कोरोना भाइरसको नमूना परीक्षण ७५ जिल्लामा सुरु भएको छ ।
र्यापिड डाइग्नोस्टिक टेस्टबाट ७५ जिल्लामा कोरोनाको नमूना परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले डोल्पा र सोलुखुम्बु बाहेक सबै जिल्लामा आरडीटिबाट कोरोना नमूना परीक्षण सुरु भएको बताए ।
यस्तै पाटन अस्पतालमा पनि पीसीआर मेसिन जडान भएको उनले बताए । योसँगै पीसीआर विधिबाट अब १४ स्थानमा कोरोनाको नमूना परीक्षण हुने भएको छ ।
यस्तै मन्त्रालयले आधारभुत स्वास्थ्य सेवा प्रवाह गर्नपनि निर्देशन दिएको छ । मन्त्रालयले जारी गरेको अन्तरनिर्देशिका अनुसार कोरोनाका लागि तोकिएका अस्तपाल बाहेकका स्वास्थ्य संस्थालाई आधारभुत स्वास्थ्य सेवा नरोक्न भन्दै सहज रुपले सेवा प्रदान गर्न भनेको छ ।
साथै ७ वटै प्रदेशलाई गरि थप ३० हजार र्यापिड डाइग्नोस्टिक टेस्ट किट पठाएको छ ।