दीर्घरोगीलाई काठमाडौं महानगरको निःशुल्क एम्बुलेन्स, दुई दिनमै ४६ ले लिए सेवा



Download our app to get more features

काठमाडौं, ५ वैशाख । काठमाडौं महानगरपालिकाले लकडाउनका वेला निःशुल्क दिन थालेको छ । सेवा सुरु गरेको दुई दिनमै ४६ जनाले निःशुल्क एम्बुलेन्स सेवा लिइसकेका छन् । महानगरले लकडाउनभर हृदयाघात, मिर्गौलारोगीलगायत दीर्घरोगीलाई अस्पतालसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स दिने घोषणा गरेको हो ।

एम्बुलेन्स चालक संघ काठमाडांैका अध्यक्ष गणेश सापकोटाका अनुसार महानगरले संयुक्त एम्बुलेन्स चालक संघ, नेपालसँग सम्झौता गरी लकडाउन अवधिभर २४सै घन्टा सेवा दिने व्यवस्था मिलाएको हो । सोही सम्झौताअनुसार पाँचवटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयाघात, मिर्गौला रोगीलगायतलाई आकस्मिक सेवा दिइरहेका छन् । महानगरमा बसोवास गर्ने त्यस्ता बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाडौं महानगरपालिकाले हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न महानगरको आग्रह छ । 

Last modified on 2020-04-17 16:01:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts