दार्चुलामा कालाजारका बिरामी भेटिए



Download our app to get more features

दार्चुला, ५ वैशाख । दार्चुलामा कालाजारका एक बिरामी फेला परेका छन्। मालिकार्जुन गाउँपालिकाका ५० वर्षीय एक पुरुषमा कालाजार भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए।

लामो समयदेखि ज्वरोले सिकिस्त ती पुरुषलाई कालाजार भेटिएपछि थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल, धनगढी ल्याइएको छ। कालाजार लिस्मानियाबाट संक्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने गर्दछ। दार्चुलामा यसअघि ०७५ सालमा चार जना कालाजारका बिरामी भेटिएकोमा एक जनाको मृत्यु भएको थियो।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts