काठमाडौंबाट ३३ जना चिकित्सकको टोली धनगढी आइपुग्यो



Download our app to get more features

धनगढी, ५ वैशाख । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना विशेषज्ञ चिकित्सकको टोली शुक्रबार धनगढी आइपुगेको छ। सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो।

उनीहरु यती एयरलाईन्सको विमानमार्फत शुक्रबार दिउँसो धनगढी आएका हुन् । स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाएसँगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी गरेको जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताललगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने छ । सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङख्या पाँच पुगिसकेको छ।

Last modified on 2020-04-17 14:56:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts