जनआन्दोलनमा संकलित रकम कोरोना विशेष अस्पताललाई



Download our app to get more features

रुपन्देही, ४ वैशाख । बृहत्त जन आन्दोलन २०६२–६३ को लागि संकलित रकम कोरोना विशेष अस्पताललाई दान गरिएको छ ।

जनआन्दोलन २०६२–०६३ मा घाईतेहरुको उपचारका लागि नागरिक स्तरबाट रकम संकलन गरी उपचारको ब्यवस्था गरिएको थियो ।
 
बावुराम भटराईको  संयोजकत्वमा गठीत जन आन्दोलन आकस्मिक राहत कोष ब्यवस्थापन समितीले उक्त रकम बुटवल धागो कारखानामा निर्मित कोरोना विशेष अस्थायी अस्पतालका लागि हस्तान्तरण गरेको हो ।
 
बैंकमा खाता संचालनका लागि संयोजक भट्टराई, लक्ष्मण ज्ञवाली र एजाज आलमको हस्ताक्षर चल्ने गरि खोलिएको थियो । उक्त समयमा कोषमा जम्मा भएको रकमले जन आन्दोलनका घाइतेको उपचार गरेर केहि रकम बचत रहेको थियो ।

बचेकोे रकमबाटै यस अघि  लुम्बिनी प्रादेशिक अस्पताल उत्तरतिर ट्रस्ट बनाईएको थियो । भने त्यसबाट बचेको रकम बैकंकमा रहेको थियो । 

बचेको रकम सावा र ब्याज सहित ५ लाख ८७ हजार ४सय ९५ रुपैयाँ कोरोना उपचारको लागि बनाईएको लागि मंन्त्री लिला गिरिलाई हस्तान्तरण गरियो संयोजक बाबुराम भटराईले बताए । 

उक्त रकम बैंकमा रहिरहनुको कुनै औचित्य नरहेकोले अहिलेको विशेष परिस्थितीमा रकम अस्पताल निर्माणका लागि हस्तान्तरण गरिएको जानकारी गराए ।

Last modified on 2020-04-16 22:24:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts