चिकित्सकमाथि हातपात प्रकरण: चिकित्सक संंघ आक्राेशित



Download our app to get more features

काठमाडौं, ४ वैशाख । सरकारले कोभिड अस्पतालको रुपमा तोकेको त्रि.वि.शिक्षण अस्पताल र कान्ति बाल अस्पताल न्याम्सका आवासीय चिकित्समाथि प्रहरीद्वारा भएको घटनाको विषयमा नेपाल चिकित्सक संघले पनि विरोध जनाएको छ ।

संघका महासचिव डा.बद्री रिजालद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदै आएको मानवीय संकटका समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदै चिकित्सकीय धर्म अनुसार स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवास फर्कने क्रममा परिचय पत्र देखाउँदा समेत प्रहरीबाट चिकित्सकमाथी हातपात गर्ने, लाठिचार्ज गर्ने जस्तो अमानवीय क्रियाकपालप्रति छानबीनको माग गरिएको छ ।

घटनाबारे छानबीन गरी दोषीलाई कानूनी कारवाही गर्न संघले माग गरेको छ । 

चैत्र २२ गतेको मन्त्रीपरिषद्को बुँदा नम्बर २ को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई ड्यूटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुने सरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णय अनुसार कारबाही गर्न माग विज्ञप्तिमा गरिएको छ । 

हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भिर असर पार्ने सक्ने तर्फ सचेत रहन नेपाल चिकित्सक संघले विज्ञप्ति मार्फत आग्रह गरेको छ । 

संघले यस्तो संवेदनशिल र बिषमपूर्ण परिस्थितिमा स्वास्थ्यकर्मी तथा चिकित्सकहरु युद्ध मैदानबाट फिर्ता हुने अवस्था ननिम्त्याउन नेपाल चिकित्सक संघ नेपाल सरकार तथा सरोकारवाला निकायलाई सचेत समेत गराएको छ । 

Last modified on 2020-04-16 10:45:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts