टियूटिएचमा कार्यरत आवासीय चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाहीको माग

काठमाडौं, ४ वैशाख । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत आवसीय चिकित्सकमाथि गरिएको कुटपिटको विषयमा कारबाहीको माग गरिएको छ ।
बुधवार अस्पतालमा कार्यरत ३ जना आवासीय चिकित्सक राति घर फर्किने क्रममा कान्ति अस्पतालको पछाडी प्रहरीले कुटपिट गरेको विषयमा राष्ट्रिय आवासीय चिकित्सक संघ र रेजिडेन्ट एशोसिएसन अफ न्याम्सले घटनामा संलग्नलाई कारबाहीको माग गरेको हो ।
अस्पतालको मेडिसिन विभागमा कार्यरत डा.विकास शाह, तेजप्रकास साह र शम्भु खनालमाथि प्रहरीले कुटपिट गरेको थियो ।
दुबै संघले जारी गरेको विज्ञप्तिमा शंकटको बेला डाक्टरलाई प्रोत्साहन गर्नुपर्नेमा प्रहरीद्वारा आवश्यक परिचयपत्र देखाउँदापनि अमानवीय व्यवहार गर्दै लाठि चार्ज गरेको भन्दै घटनामा संलग्नलाई छानबीन गरि कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।