कोरियाबाट फर्किएका चितवनका युवाको स्वाब परीक्षणमा कोरोना नभएको पुष्टि

चितवन, ३ वैशाख । र्यापिड टेष्टमा पोजिटिभ आएको कोरियाबाट फर्किएका चितवनका युवामा कोरोना नभएको पुष्टि भएको छ ।
र्यापिड टेस्टमा कोरोना पुष्टि भएपछि ती युवकको भरतपुरको कोभिड-१९ प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षणमा उनमा कोरोना नभएको पुष्टि भएको प्रयोगशाला स्रोतले हाम्रो डक्टर न्यूजलाई जानकारी दिएको छ ।
बुधवार २८ जनाको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्रोतको भनाइ छ ।
पूर्वी चितवनको रत्ननगरमा रहेको गुञ्जमान सिंह हस्पिटलमा बुधबार गरिएको र्यापिड परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको थियो । ती पुरुष फागुन ३० गते कोरियाबाट आएको अस्पताल स्रोतले बताएको छ । उनलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ ।
Last modified on 2020-04-16 09:53:58
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।