प्रदेश २ मा बुधबारसम्म ४ सय १९ जनाको आरडिटी परीक्षण, सबैको स्वाब परीक्षण पनि हुने

जनकपुरधाम, वैशाख ३ गते । प्रदेश २ का आठवटै जिल्लामा गरि र्यापिड डाइग्नोस्टिक टेस्ट किट (आरडीटी) को माध्यमबाट बुधबारसम्म ४ सय १९ जनाको कोरोना परीक्षण गरिएको छ ।
कोरोना भाइरस संक्रमणको पहिचानका लागि गरिएको आरडीटी टेस्ट अन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा १२, अग्नीसाइर कृष्णसवरण गाउँपालिकामा १८, कञ्चनपुर नगरपालिकामा ८, हनुमाननगर गाउँपालिकामा २, महादेवा गाउँपालिकामा ६, बोदेवरसाइन नगरपालिकामा १०, बलान बिहुल गाउँपालिकामा १३, तिलाठी कोइलाडी गाउँपालिकामा ३, खडग नगरपालिकामा २, राजगढ गाउँपालिकामा २ र डाक्नेश्वरी गाउँपालिकामा २ जना गरि जम्मा ७८ जना शंकास्पद व्यक्तिको आरडीटी टेस्ट गरिएको छ ।
त्यस्तै सिरहाको सिरहा अस्पतालमा २७, नवराजपुर गाउँपालिकामा ७, गोलबजार नगरपालिकामा ६ र कर्जन्हा नगरपालिकामा ८ गरि जम्मा ४८ जनाको आरडीटी टेस्ट गरिएको हो ।
धनुषाको १८ वटा स्थानीय तह मध्ये गणेशमान चारनाथ नगरपालिकामा ९ जनाको मात्र आरडीटी टेस्ट गरिएको छ भने महोत्तरीको औरही नगरपालिकामा ११ र बलवा नगरपालिकामा १५ गरि जम्मा २६ जनाको र्या्पिड टेस्ट सम्पन्न भएको छ ।
सर्लाही जिल्लाको चन्द्रनगर गाउँपालिकामा ५०, हरिपुर नगरपालिकामा २ र कोडैना नगरपालिकामा ५ गरि कुल ५७ जनाको र्ययापिड टेस्ट किट मार्फत परीक्षण गरिएको हो ।
प्रदेश २ मा सबैभन्दा बढी रौतहटमा १ सय ६९ जनाको र्यापिड टेस्ट किट मार्फत जाँच गरिएको छ । जहाँ चन्द्रपुर नगरपालिकामा १२, कटहरिया नगरपालिकामा ३०, इशनाथ नगरपालिकामा ८०, परोहा नगरपालिकामा २७, गरुडा नगरपालिकामा ५, बौद्धिमाई नगरपालिकामा ११ र फतुवा विजयपुर नगरपालिकामा ४ गरि जम्मा १ सय ६९ जनाको र्यापिड टेस्ट किट मार्फत टेस्ट गरिएको हो ।
त्यस्तै बाराको सिम्रौनगढ नगरपालिकामा ५ र महागढीमाई नगरपालिकामा ६ गरि ११ जनाको आरडीटी परीक्षण सम्पन्न भएको सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव डा.रामप्रसाद घिमिरेले बताए ।
यस्तै पर्साको छिपहरमाई गाउँपालिकामा ३, पकहा मैनपुर गाउँपालिकामा ४ र कालिकामाई गाउँपालिकामा ३ गरि जम्मा १० जनाको आरडीटी टेस्ट गरिएको उनले जानकारी गराए ।
डा.घिमिरेले र्यापिड टेष्टमा कोरोनाले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा मात्र परीक्षण हुने भएकाले उनीहरु सबैको पीसीआर परीक्षण समेत गरिने बताए ।
र्यापिड टेस्ट किट (आरडीटी) परीक्षणका लागि प्रदेशका आठवटै जिल्लामा विज्ञसहितको ४ वटा टोली खटाइएको छ । दुई/दुई जिल्लामा गरि १÷१ वटा टोलीलाई खटाइएको हो । टोलीमा मेडिकल डाक्टर, जनस्वास्थ्य विज्ञ, विश्व स्वास्थ्य संगठनको प्रतिनिधि र ल्याब टेक्निसियनहरु रहेको सचिव घिमिरेले जानकारी दिए ।
अहिलेसम्म प्रदेश २ मा ४ सय ५८ जनाको स्वाब संकलन भएकोमा २ सय ८१ जनाको नतिजा नेगेटिभ आएको छ भने ४ जना पोजिटिभ बिरामीको उपचार भइरहेको छ । १ सय ७३ जनाको नमुना परीक्षण हुने क्रममा छ ।