महानगरीय ट्राफिक प्रहरीमा कार्यरत १५ सय कार्मचारीलाई स्वदेशी उद्योगको स्यानिटाइजर

काठमाडौं, ३ वैशाख । स्वदेशी औषधि उत्पादकहरुले महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंमा कार्यरत कर्मचारीलाई स्यानिटाइजर उपलब्ध गराएको छ ।
कार्यालयमा कार्यरत झन्डै १५ सय जना कर्मचारीहरुलाई पुग्ने गरि स्यानिटाइजर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहाल, उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लब अधिकारीले महानगरीय ट्राफिक प्रमुख भिम ढकाललाई स्यानिटाइजर हस्तान्तरण गरिएको थियोे ।
दिनरात नागरिकको सुरक्षामा खटिएका सम्पुर्ण सुरक्षाकर्मीलाई झन बढी सुरक्षित राख्नु हामी सबैको कर्तव्य रहेको भन्दै MDH Pharmaceutical,CTL Pharmaceuticals र Rhododendran pharma ले स्यानिटाइजर उपलब्ध गराएका हुन् ।
नेपाली औषधि उत्पादकलाई स्यानेटाइजर बनाउन औषधि व्यवस्था विभागले अनुमति दिएसँगै झण्डै २० ओटा स्वदेशी उद्योगले स्यानिटाइजर उत्पादन गर्न थालेका छन् । उद्योगहरुले निःशुल्क रुपमा पनि विभिन्न निकायमा उत्पादित स्यानिटाइजर उपलब्ध गराइरहेका छन् ।