स्थानीय तहहरुलाई प्रदेश ५ सरकारको १३ करोड ६० लाख कोरोना विशेष अनुदान

रुपन्देही, ३ वैशाख । प्रदेश ५ सरकारको मन्त्रीपरिषद बैठकले स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने निर्णय गरेको छ । मुख्यमन्त्रीको प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकालाई २० लाख रुपैंयाँका दरले दिने भएको छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकालाई २५ लाख, सिद्धार्थनगर नगरपालिकालाई २० लाख र प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई १५ लाख रुपैंयाका दरले अनुदान दिने मन्त्री परिषदले निर्णय गरेको छ ।
यस्तै प्रदेशभित्रका ७३ गाउँपालिकालाई १० लाख रुपैंयाको दरले १२ वटा जिल्ला समन्वय समितिलाई ५ लाख रुपैंयाको दरले ६० लाख रुपैंया भएको छ । जिल्ला समन्वय समितिको काम अनुगनको कामलाई प्रभावकारी बनाउने । बैठक र अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउने निर्यण भएको उनले बताए ।
कुल १०९ स्थानीय तहलाई १३ करोड र १२ जिल्ला समन्वय समितिलाई ६० लाख गरी १३ करोड ६० लाख रुपैंया रहेको छ । कोरोना विशेष अनुदानको खर्च सामाजिक विकास मन्त्रालयले तयार गरेको कार्यबिधी अनुसार गर्नुपर्ने भएको मन्त्रीपरिषदको बैठकमा निणर्य भएको छ ।