अपार्टमेन्टमा कोरोना पोजेटिभ भेटिएपछि र्यापिड टेस्ट सुरु



Download our app to get more features

काठमाडौं, ३ वैशाख । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरसको र्यापिड टेस्ट सुरु भएको छ । 

आज बिहान साढे नौ बजेबाट अपार्टमेन्टमा रहेका झन्डै २ सय ४२ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मंगलबार अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि ट्र्सिङ्गको काम सुरु गरिएको थियो ।

८ चैतमा भएको सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले पनि मतदान गरेकाले पाँच वटै ब्लकका बस्नेहरूको परीक्षण गर्न लागिएको हो ।

Last modified on 2020-04-15 12:24:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts