भिम अस्पतालको आइसोलेसनमा उपचार भइरहेको बिरामीमा कोरोना नभएको पुष्टि

रुपन्देही, २ वैशाख । भैैरहवाको भीम अस्पतालको आइसोलेसनमा उपचार भइरहेको व्यक्तिमा कोरोना नभएको पुष्टि भएको छ ।
भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रमा मंगलबार गरिएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको भिम अस्पतालले बताएको छ । ती व्यक्ति सोमवार अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए ।
र्यापिड टेस्टमा पनि उनको रिपोर्ट नेगेटिभ नै देखिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब परीक्षणका लागि भैरहवाको अञ्चलपुरस्थित गहुँबाली अनुसन्धान केन्द्रको प्रयोगशालामा पठाइएको थियो ।
भिम अस्पतालका सुचना अधिकारी गोपाल उपाध्यायका अनुसार बिरामीको अवस्था सामान्य छ । रुपन्देहीको मायादेवी गाउँपालिका–१ का ५१ वर्षीय एक पुरुषमा १२ दिनदेखि ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न ग्राहो हुने लगायतका लक्षण देखिएपछि उनलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो ।