कोरोनाको कहरः तार्केश्वर नगरपालिकाका युवाले सुरु गरे 'इमर्जेन्सी फूड बैंक'
काठमाडौं, २ बैशाख । विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड १९ संक्रमणको संसारभर आतंक फैलिएसँगै प्राय देशहरु लकडाृउनको अवस्थामा छ ।
यो अवस्थामा दैनिक ज्यालादारीको भरमा तथा अरुको आश्रयमा जीवन गुजारा गर्नेहरुको रोजीरोटीको व्यवस्था गर्न विभिन्न स्थानमा नविन अभियानहरु सुरु भएका छन् । यस्तै एउटा अभियान हो कोभिड १९ इमजेन्सी फूड बैंक । यस अन्तगर्त राजधानीको तारकेश्वर नगरपालिकाका युवाहरु मिलेर फूड बैंक सञ्चालन गरेका छन् । सो बैंकमा जम्मा भएका खाद्यान्नका सामाग्रीहरु स्थानीय तहको रहोबरमा सुरु पनि भएको छ ।
यो अभियानमा स्थानीय समाजसेवी, राजनितीकर्मी, व्यावसायी, पेशाकर्मीहरु सहभागी भएका छन । आपतकालीन खाद्यान्न संकलन अभियानले संकलन गरेको खाद्यान्न मंगलबार पहिलो चरणमा अभावमा रहेकाहरुलाई स्थानीय तह तथा राजनीतिक दलका प्रतिनिधिको रहोवरमा वितरण गरिएको छ ।
सो खाद्यान्न विभिन्न समाजसेवी संघसंस्थाहरु जस्तै, वृद्धाश्रम, बालआश्रम, शारीरिक दुर्बलता भएकाहरुको संस्था, दृष्टिविहीनहरुको संघसंस्था लगायतलाई दिइएको छ । यस अन्तर्गत अपांग केन्द्र तार्केस्वर १५ बोरा चामल, १० प्याकेट नुन दिइएको छ । नवजिवन परोपकार संस्था तार्केश्वरलाई पनि १५ बोरा चामल र १० प्याकेट नून उपलब्ध गराइएको छ । त्यस्तै, दृस्टीविहीन बालबालिका शैक्षिक आवास तार्केस्वरलाई १० बोरा चामल ,२.५ लिटर तेल र १० प्याकेट नुन दिइएको छ ।
त्यस्तै लाइफ फर नेसन तार्केस्वर नामको सामाजिक संस्थालाई १५ बोरा चामल र १० प्याकेट संकलित नुन उपलब्ध गराइएको छ । त्यस्तै नेपाल मानव सेवा संस्था तार्केस्वरलाई पनि १५ बोरा चामल र १० प्याकेट नुन दिइएको छ ।
खाद्यान्न वितरण कार्यक्रममा नेकपा तारकेश्वर नगर कमिटीका अध्यक्ष लवकुमार वस्नेत, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ का क्षेत्रीय सभापति श्यामकृष्ण खड्गी, नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाका नगर सभापति श्रीराम थापा, राप्रपाका तारकेश्वर नगरपालिकाका नगर अध्यक्ष राजकुमार खड्का लगायत उपस्थित थिए ।
कोभिड १९ आपतकालीन खाद्यान्न संकलन अभियानमा भने स्थानीय युवाहरु श्यामकृष्ण सापकोटा, हरि तिमिल्सिना, कविराज बस्नेत, भुवानीप्रसाद तिमिल्सिना, परोपका अधिकारी, दिपेश थापा, सुन्दर श्रेष्ठ, नविन महर्जन, बिनोद देवकोटा, दिनेश लामा लगायत स्वस्फूर्त रुपमा सहभागी छन् ।