सनसिटीका दुई जनामा कोरोना पुष्टि, एकमा नेगेटिभः मन्त्रालय



Download our app to get more features

काठमाडौं, २ वैशाख । पाटन अस्पतालमा भर्ना भएका पेप्सीकोलाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका दुईजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । सोमबार साँझ पाटन अस्पताल भर्ना गरिएका ३ जनामध्ये दुई जना ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२८ दिनअघि बेलायतबाट नेपाल फर्किएका तीनै जनाको र्यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई सोमवार अस्पताल लगिएको थियो । थप पुष्टि गर्न स्वाब परीक्षण गरिएकोमा दुई जनामा कोरोना पुष्टि भएको मन्त्रालयले आफ्नो फेसबुक पेजमा सार्वजनिक गरेको छ । यस्तै परिवारकै अर्का सदस्यमा स्वाबबाट कोरोना नदेखिएकोपनि मन्त्रालयले उल्लेख गरेको छ ।

दुई जनामा कोरोना देखिएपछि सरकारले ५ सय जना बस्दै आएको सनसिटिमा ट्रेसिङ्गको काम सुरु गरेको छ । 

Last modified on 2020-04-14 13:45:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts