सरकारले कोविड-१९ तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि तयार गर्यो निर्देशिका



Download our app to get more features

काठमाडौं, १ वैशाख । सरकारले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरस अर्थात् कोविड-१९ को महामारीलाई ध्यानमा राखि निर्देशिका तयार पारेको छ ।

जस अन्तर्गत कोरोना संक्रमित र कोरोना नभएकाहरुको स्वास्थ्य सेवा प्रवाहका लागि उपचार गर्न सहज हुनेछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको अन्तरिम निर्देशिकामा प्राथमिकदेखि विशिष्टिकृत सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरुमा कोभिड-१९ का संकास्पद, सम्भावित र पुष्टि भएका केशहरुको व्यवस्थापनलाई सरल र सहज बनाउने प्रावधान छ । 

यस्तै कोविड-१९ बाहेकका अन्य स्वास्थ्य सेवाहरुलाई निरन्तरता दिई जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न निर्देशिका तयार पारिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।

निर्देशिकामा सरकारी तथा गैरसरकारी स्वास्थ्य संस्थाहरुमा अनावश्यक भिडलाई नियन्त्रण गर्दै नियमित रुपमा सेवा सञ्चालन गर्न, सेवाग्राहीको स्वास्थ्य संस्थासम्म सरल पहुँचका लागि स्थानीय तहले आवश्यक प्रवन्ध मिलाउने, कोविड-१९ का संकास्पद, सम्भावित र पुष्टि भएकाहरुको व्यवस्थापन गर्ने, तोकिएका स्वास्थ्य संस्थाहरुले (अनुसूची १) महामारी अवधिभरी कोविड क्लिनिक सञ्चालन गर्ने लगायतको व्यवस्था गरिएको छ ।

यस्तो छ सरकारले जारी गरेको अन्तरिम निर्देशिका

 

Last modified on 2020-04-13 18:47:55


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts