रौतहटका १९ वर्षीय युवकमा पनि देखियो कोरोना



Download our app to get more features

काठमाडौं, १ वैशाख । रौतहटको १९ वर्षीय एक युवकमा कोरोना पुष्टि भएको छ ।

रौतहटको क्वारेन्टाइनमा रहेका एक युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोमवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलामा गरिएको स्वाब परीक्षणमा ती युवकमा कोरोना पुष्टि भएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङको क्रममा प्रवक्ता डा.विकास देवकोटाले बताए ।

उनले ती युवकलाई क्वारेन्टाइनबाट अस्पताल लैजाने तयारी भइरहेको जानकारी पनि गराए ।

सोमवारै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा कैलालीको एक ६५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको थियो । ती महिलालाई लम्कीचुहाबाट सेती प्रादेशिक अस्पताल पुर्याइएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको सख्ंया १४ पुगेको छ ।

Last modified on 2020-04-13 16:36:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts