महाकाली अस्पताललाई आपूर्तीकर्ताले पुरानो प्रयोग भइसकेको भेन्टिलेटर पठायो

धनगढी, १ बैशाख । महाकाली अस्पतालमा भेन्टिलेटर खरिदको जिम्मा पाएको आपूर्तीकर्ताले बदमासी गरेको छ। ५३ लाख ८५ हजारमा एक थान भेन्टिलेटर, दुई वटा मनिटरसहित पाँच वटा उपकरण खरिदको जिम्मा आरजी ट्रेडर्स काठमाडौले पाएको थियो।
अस्पतालका लेखा अधिकृत नन्दराज भट्टले हिजो मात्रै उपकरण महाकाली अस्पतालमा पुगेको र पूरानो र प्रयोग गरिसकेको भेन्टिलेटर पठाएको गुनासो आईरहेको बताए। उनले गुनासो आए पनि भोलि मात्रै प्राविधिकले हेरेर विस्तृत जानकारी आउने प्रष्टाए । उनका अनुसार अहिले सम्म सबै सामान आउन सकेको छैन ।
यता अस्पतालमा कार्यरत एनेसथेसिष्ट डा. विरेन्द्र बुडालले भने फेसबुकमा लेखेका छन्, ‘सप्लाई गर्ने कम्पनीको बदमासी भनु अथवा त्रुटि भनु अथवा हेल्चक्र्यायी। २०१५ सालमा बनेको भेन्टिलेटर त्यो पनि प्रयोग गरी सकेको पठाएछ। न कुनै युजर म्यानुअल छ। न त वारेण्टी कार्ड।’