प्रदेश ५ को कोरोना उपचार कोषमा निर्माण व्यवसायी संघद्वारा १३ लाख सहयोग

रुपन्देही, १ वैसाख । प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि निर्माण व्यवसायीहरुले १३ लाख रुपैयाँ सहयोग गरेका छन् ।
सो रकम नेकपा रुपन्देहीका जिल्ला कमिटी सचिवालय सदस्य तथा पार्टीका उद्योग व्यवसायी तथा अर्थ विभाग प्रमुख गोपाल राना र नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
मुख्यमन्त्री कार्यालयमा सोमबार भएको कार्यक्रममा उद्योग नेकपाको व्यवसायी तथा अर्थ विभाग प्रमुख रानाले देशलाई परेको संकटको घडीमा सबै उद्योगी व्यवसायीले साथ दिन तयार रहेको बताए ।
निर्माण व्यवसायीहरुको आफ्नो कोषबाट संकलन गरेको सो रकम प्रदेश सरकारको राहत कोषमा जम्मा गरेका हुन् ।