कैलालीमा थप एक जनामा कोरोना पुष्टि

कैलाली, १ बैशाख । कैलालीमा थप एक जनामा कोरोना पुष्टि भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राखिएकी ती महिलाको ¥यापिड टेष्टमा नेगेटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले बताए ।
उनी परिवार सहित वीरगञ्जबाट फर्किएको बुझिएको बताउँदै प्रमुख डाक्टर तिमिल्सिनाले एम्बुलेन्स मार्फत उनलाई सेती प्रादेशिक अस्पताल पठाउने तयारी भएको बताए । यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।
यसअघि दुबईबाट आएका धनगढीका युवक, उनकी भाउजु, भारतबाट फर्किएका लम्कीकै पुरुष र भारतबाटै फर्किएका कञ्चनपुरका अर्को पुरुषमा कोरोनाको संक्रमण पुष्टि भईसकेको छ । उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ ।