अत्यावश्यक औषधि उत्पादनका लागि नेपाल आत्मनिर्भर हुनुपर्छः मन्त्री ढकाल



Download our app to get more features

काठमाडौं, १ वैशाख । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अत्यावश्यक औषधिको उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् ।

आइतबार मन्त्रालयमा देउराली जनता फर्मास्यूटिकल्स प्रा. लि. को तर्फबाट प्राप्त एक लाख ५० हजार थान हाइड्रोक्सीक्लोरोक्वाइन सल्फेट ट्याब्लेट बुझ्दै मन्त्री ढकालले भोलिका दिनमा नेपालमा चाहिने अत्यावश्यक औषधिहरूमा आत्मनिर्भर हुन सकिने गरि काम गर्नुपर्ने बताए । 

मन्त्री ढकालले सम्पूर्ण औषधि व्यवसायीहरूले आफ्नो उत्पादन बढाउनु पर्ने भन्दै त्यसका लागि आवश्यक वतावरण तयार गर्नका लागि सरकारले सहयोग गर्ने बताए । उनले भने, ‘औषधिहरू पर्याप्त उत्पादन गर्नुस्, उत्पादन गर्ने कुरामा कठिनाइ छन् भने ती कठिनाइ हटाउनका लागि सरकार तपाइँहरूको साथमा हुन्छ ।’

उनले सबै मान्छेहरूको परीक्षा अप्ठेरोमा हुने भन्दै सजिलो बेलामा बोक्ने र सहयोग गर्नेहरू धेरै पाइने भएपनि अफ्ठेरो बेलामा राज्यको ठाउँमा हामी पनि साथै छौँ भन्ने मान्छेहरू थोरै पाइने बताए । उनले उद्योगको तर्फबाट प्राप्त सहयोगका निम्ति सरकारको तर्फबाट प्रशंशा व्यक्त गर्दै धन्यवाद प्रकट गरे । 

समारोहमा देउराली जनता फर्मास्यूटिकल्सका कार्यकरी निर्देशक हरिभक्त शर्माले आफू सधैँ सरकारसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । उनले उद्योगका तर्फबाट आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए । उनले कोरोनाको विपद् सुरू भए लगत्तै पनि विभिन्न सहयोग गरेको बताउँदै सरकारसँग हातेमालो गर्दै अघि बढ्ने बताए । 

Last modified on 2020-04-13 09:46:41


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts