नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामनाः महामारी अन्त्यका लागि सबैको साझेदारी आवश्यक



Download our app to get more features

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी साझेदारी र सहयोगबाट मात्र सम्भव रहेको बताएका छन् । 

उनले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार व्यक्ति गर्दै वर्तमान अवस्थामा विश्वमा फैलिएको महामारीबाट लड्न सबैको साझेदारी आवश्यक रहेको उल्लेख गरे ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने र रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गर्दै निकै नै अप्ठ्यारो परिस्थितिमा नयाँ वर्ष २०७७ को स्वागत गर्नुपरेको भन्दै पुरानो वर्षलाई विदाई र नयाँ वर्षको स्वागत उल्लासपूर्ण हुनुपर्ने यो घडीमा अप्ठ्यारो परिस्थितिमा स्वागत गर्नुपरेको उल्लेख गरे ।

उनले शुभकामना सन्देश दिँदै विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण स्वदेश र विदेशमा रहेका नेपाली संक्रमित भएको र केहि नेपालीले ज्यान समेत गुमाउनुपरेकोमा दुःखी तुल्याएको बताए ।

उनले कोरोनाको संक्रमित भएकाहरुले शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले भारी मनका साथ नयाँ वर्षको स्वागत गर्नुपरेको भन्दै यो महामारीबाट जित्न हामी सबैले दृढताका साथ सावधानी अपनाएर अघि बढ्नु पर्ने बताए ।

उनले नयाँ वर्ष २०७७ को शुभकामना दिँदै भने, ‘तपाईंहरुका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना दिनु परिरहेको छ ।’

प्रधानमन्त्री ओलीले मुलुकको प्रगतिमा हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सह–भारवहन हामी सबैले मिलेर गर्नुपर्ने समेत बताए ।

Last modified on 2020-04-13 08:43:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts