चितवनमा चिकित्सक र अन्य स्वास्थ्यकर्मी सहित ३० जनाको कोरोना परीक्षण

चितवन, १ वैशाख । चितवनमा कोरोना अस्पताल तथा अन्य विभिन्न अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी सहित ३० जनाको कोरोना परीक्षण गरिएको छ ।
आइतबार कोरोना भाइरसको परीक्षणका लागि भरतपुर कोभिड १९ प्रयोगशालामा नमूना पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशाला स्थापना तथा सञ्चालन उपसमितिका संयोजक डा. कृष्ण सागर शर्माले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
चितवनको कोरोना अस्पतालमा स्थापनाकालदेखि सक्रिय रूपमा काम गर्दै आएका भरतपुर केन्द्रीय अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा.अनिलबिक्रम कार्की , अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामी सहित ३० जनाको स्वाबको नमूना परीक्षणका लागि पठाइएको थियो ।
अग्र स्थानमा रहेर बिरामीको उपचारमा सक्रिय रूपमा काम गर्दै आएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीको समेत कोरोना परीक्षण गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।