प्रदेश ५ को कोरोना नियन्त्रण, रोकथाम कोषमा अर्घाखाँची सिमेन्ट प्रा.लि.को ५१ लाख

रुपन्देही, १ वैशाख । प्रदेश ५ सरकारकोे कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा अर्घाखाँची सिमेन्ट प्रा.लि. ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
प्रा.लि.ले एक कार्यक्रमकाबीच आइतवार मुख्यमन्त्री शंकर पोखरेललाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।
त्यसैगरी, अर्घाखाँची सिमेन्टले आफ्नो खानी क्षेत्रका बासिन्दा र उद्योग क्षेत्र वरिपरीका बासिन्दालाई २० लाख रुपैयाँ बराबरको खाद्यान्न समेत सहयोग गरेको अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले बताए ।
उद्योग बन्द भएसँगै खानीमा काम गर्ने मानिसलाई दैनिक गुजारा गर्नै समस्या भएपछि उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रुपैयाँ बराबरको खाद्यान्न किनेर स्थानीयलाई बाडेको जनाएको छ ।
Last modified on 2020-04-13 08:12:40