स्वास्थ्यकर्मीको तलव काटेको फिर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग



Download our app to get more features

रुपन्देही, ३० चैत । नेपाल स्वास्थ्यकर्मी संघले स्थानीय तथा प्रदेश तहमा सरकारले गरेको पहिलो पत्र अनुसार स्वास्थ्यकर्मीको तलव काटेको फिर्ता गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

आइतवार नेपाल स्वास्थ्यकर्मी संघले विज्ञप्ति जारी गरि स्वास्थ्यकर्मीको काटेको तलव फिर्ता गर्नको लागि सरकार समक्ष माग गरेको हो ।

सरकारले निर्णय गरि परिपत्र गरेको अवस्थामा पुन सोही निकायबाट निर्णय गरि पुन परिपत्र नगर्दा सम्म यसले कानुनी मान्यता पाउँदैन, विज्ञप्तिमा भनिएको छ स्वास्थ्य सेवा कर्मचारी वा स्वास्थ्यकर्मीहरुको तलव नकाट्ने भनी निर्णय गरी पुनः परिपत्र गर्ने व्यवस्था नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

स्वास्थ्य सेवाका कर्मचारीलाई सरकारले मनोबल बढाउनका लागि कार्यविधि बढाई प्रोत्साहन भत्ता, बीमा तथा अन्य सुविधा तत्काल उपलब्ध गराउनु पर्ने भएता पनि हालसम्म कुनै कार्य विधि मुर्त रुप नलिएको संघले जनाएको छ ।

कार्यविधि बनाउँदा सरोकारवाला व्यक्ति र निकायहरुको उपस्थित नराइएकोले प्रति संघले मन्त्रालयको ध्यानआकषर्ण गराएको घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts