कोरोनाको आशंकामा प्रदेश पाँचमा १० जनाको आइसोलेसनमा उपचार हुँदै



Download our app to get more features

रुपन्देही ३० चैत्र । प्रदेश पाँचमा कोरोनाको आशंकामा १० जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार १ सय ८६ जना आंशका गरिएको बिरामी मध्ये १० जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । 

प्रदेश भित्र अहिले सम्म १ सय ९१ जनाको स्वाब कोरोनाको आशंकामा परीक्षण गरिएको मध्ये १ सय ७५ जनाको रिर्पोट नेगेटिभ आएको छ । १६ जनाको रिर्पोट आउन बाँकी रहेको छ । 

र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट २ सय ५२ जनाको परीक्षण गरिएकोमा २ सय ५२ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश भित्र रहेका ३ सय ९ क्वारेन्टाइनमा २ हजार ३ सय ५७ जनालाई राखिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts