डडेल्धुरा अस्पतालबाट भागेका २ जनाको कोरोना रिपोर्ट नेगेटिभ

डडेल्धुरा, ३० चैत । अस्पतालबाट भागेका दुई जनाको कोरोना भाइरस परीक्षणको रिपोर्ट आएको छ ।
काठमाडौंमा गरिएको परीक्षणमा दुवैको कोरोनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले पुष्टी गरेका छन् ।
कोरोना भाइरसको आशंकामा दुवैजनालाई डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। शनिबार दिउँसो उनीहरु अस्पतालबाट भागेका थिए ।
अस्पतालबाट भागेका उनीहरु भागेश्वर गाउँपालिका– ३ नानीगाडका व्यक्ति हुन्। दुवैको प्रहरी र गाउँपालिकाले खोजी गरिरहेको छ ।