डडेल्धुरामा कोरोना आशंका गरिएका दुई जना अस्पतालबाट भागे

डडेल्धुरा, ३० चैत । डडेल्धुरामा कोरोना भाइरस (कोभिड १९) को आशंका गरिएका दुई जना अस्पतालको आईसोलेसन वार्डबाट भागेका छन् ।
भारतबाट फर्किएर डडेल्धुरा अस्पतालको आइसोलेसनमा राखिएका दुई जना शनिबार दिउँसो भागेका हुन् ।
कोरोना आशंकामा आईसोलेन वार्डमा भर्ना गरिएका उनीहरू भागेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जगदीशचन्द्र विष्टले बताए ।
उनीहरुको चार दिन अघि नमूना संकलन गरेर काठमाडौँ पठाईएकोमा रिर्पोट अहिले सम्म नआएको डाक्टर विष्टले बताए ।
अस्पतालबाट भागेका उनीहरू भागेश्वर गाउँपालिका ३ नानीगाडका स्थानीय रहेको बुझिएको प्रहरीले जनाएको छ । उनीहरुको खोजी जारी राखिएको प्रहरीले जनाएको छ ।
Last modified on 2020-04-12 10:15:53