वीरगञ्जका ३ जनामा देखियाे काेराेना भाइरस, नमूना राजधानी पठाइयाे

काठमाडौं, ३० चैत । वीरगञ्जका ३ जनाको नमूना परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
वीरगञ्जका ३ जनाको कोरोना परीक्षण हेटौंडास्थि प्रयोगशालामा गर्दा त्यहाँ कोरोना भएको पुष्टि भएको तर थप पुष्टि गर्नका लागि तीनै जनाको स्वाब केन्द्रीय प्रयोगशाला टेकुमा पठाइएको बागमति प्रदेशका सामाजीक विकासमन्त्री युवराज दुलालले हाम्रो डाक्टरन्यूजलाई बताए ।
उनले हेटौंडामा कोरोना पुष्टि भएपछि थप पुष्टि गर्नका लागि टुेक पठाइएको भन्दै कोरोनाबारे तथ्यांक सार्वजनिक गर्ने काम हालसम्म केन्दं्र सरकारले गर्दै आएकाले उतै पठाएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । तर, हालसम्म औपचारिक रुपमा भने केन्द्र सरकारले मात्रै यसको पुष्टि गर्ने व्यवस्था छ ।
Last modified on 2020-04-12 09:33:44