सुदूरपश्चिमबाट संकलित नमूनामा १३ सय ५३ जनाको रिपोर्ट आउन बाँकी



Download our app to get more features

धनगढी, २९ चैत । सुदूरपश्चिम प्रदेशबाट कोरोनाको पीसीआर प्रविधिबाट अर्थात् प्रयोगशाला मार्फत नै परीक्षणका लागि नमूना संकलन थालिएको ५९ दिन पुगेको छ । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले दिएको जानकारी अनुसार फागुन १ गतेदेखि नमूना संकलन सुरु भएकोमा ५९ दिनमा एक हजार सात सय ६ जनाको नमूना संकलन गरिएको हो । 

प्रदेशका विभिन्न अस्पताल, नेपाली सेनाको टोली र संघीय सरकारले पठाएको टोलीले नमूना संकलन गरेका हुन् । प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रका अनुसार अहिलेसम्म तीन सय ४९ जनाको मात्रै नमूना परीक्षण गरिएको छ भने एक हजार तीन सय ५३ जनाको रिपोर्ट आउन बाँकी छ । 

शुक्रबारसम्म दुई सय ६३ जनाको प्रयोगशाला मार्फत नमूना परीक्षण गरिएकोमा आज थप ९० जनाको नमूना परीक्षण गरिएको हो । प्रदेशमा स्थापना भएको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मार्फत सुदूरपश्चिमका ९० जनाको कोरोना परीक्षण गरिएको हो । शनिबार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको संघीय सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रायले जनाएको छ । 

यस्तै कैलाली र कञ्चनपुर सहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेस्ट जारी छ । अहिले सम्म सुदूरपश्चिमबाट एक हजार चार सय ६९ जनाको र्यापिड टेष्ट गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ । 

र्यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ । कैलालीमा सात सय ३०, कञ्चनपुरमा चार सय ७, डोटीमा दुई सय ४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एकरएक जनाको र्यापिड टेस्ट गरिएको केन्द्रले जनाएको छ । र्यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’ को मात्रा परीक्षण गर्ने गरेको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts