प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच कोरोना भाइरस रोकथामको विषयमा भिडियो सम्वाद



Download our app to get more features

रुपन्देही, ३० चैत ।  प्रधानमन्त्री केपी शर्मा आलीले सातै प्रदेशका  मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्स गरेका छन् ।

भिडियो कन्फ्रेनसका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशमा कोरोना भाइरस रोकथाम तथा उपचारका लागि भइरहेको कामबारे प्रदेशस्तरमा जानकारी लिई तत्काल ध्यान दिनुपर्ने र गर्नुपर्ने कामबारे आवश्यक निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले नागरिकको जीवन सबैभन्दा ठूलो कुरा भएकोले त्यसैलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए । उनले जननिर्वा्िचत सरकारभन्दा माथि कुनै संयन्त्र नहुने भन्दै सरकारका सबै संयन्त्र अहिले व्यवस्थित ढंगले परिचालन भएको बताए ।

प्रधानमन्त्रीसँगको कुराकानीमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना विरुद्धको लडाईमा अहिलेसम्म भएका काम बारे जानकारी गराएका थिए । उनले प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोष बनाएर योगदान गर्न प्रदेश सरकारले अपील गरेको र सरकारले १० करोड रुपैंया जम्मा गरेको बताए ।

त्यसैगरी स्थानीय नहलाई परिचालन गर्न महत्व दिएको र भिडियो कन्फ्रेन्स गरी एकअर्काको अनुभव आदानप्रदान गरेकोे बताए । मुख्यमन्त्रीले एकीकृत सूचना प्रणाली तयार गरी प्रत्येक पालिकाको विवरण प्रदेशको नेटर्वकमा आउने व्यवस्था मिलाएको जानकारी गराए ।

प्रदेशमा आईसीयु सहितको चार वटा कोरोना विशेष अस्पताल स्थापना गरी उपचारको आवश्यक प्रबन्ध गरेको, अहिले प्रदेशमा ३ सय ४२ वटा क्वारेन्टाइन रहेको र त्यहा २ हजार ३ सय ५६ जना बस्न मिल्ने अवस्था रहेको बताए ।

अहिले खेती स्याहार्ने र लगाउने समय भएकाले सामाजिक दुरी कायम गरी उत्पादनको काममा नागरिकलाई लाग्नका प्रेरित गर्न उनले जोडदिए ।

प्रधानमन्त्रीले तीनै तहका सरकारको एकिकृत प्रयासले कोरोना विरुद्धको लडाई जित्न सकिने भएकाले उत्साहका साथ काममा जुट्न मुख्यमन्त्रीहरुलाई निर्देशन दिए ।

Last modified on 2020-04-11 19:42:00


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts