सुदूरपश्चिममा १४ सय ६९ जनाको र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ



Download our app to get more features

धनगढी, २९ चैत ।  कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिमका पहाडी जिल्लामा कोरोना भाइरसको र्यापिड टेस्ट जारी छ । अहिलेसम्म सुदूरपश्चिमबाट एक हजार चार सय ६९ जनाको र्यापिड टेष्ट गरिएको प्रदेश स्वास्थ्य आपतकालिन केन्द्र डोटीले जनाएको छ । 

र्यापिड टेष्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको केन्द्रले जनाएको छ । अहिलेसम्म बझाङ र दार्चुला जिल्लाको तथ्याङ्क आएको छैन भने बाँकी सात जिल्लाको र्यापिड टेस्टको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ । कैलालीमा सात सय ३०, कञ्चनपुरमा चार सय ७, डोटीमा दुई सय ४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक÷एक जनार्को यापिड टेस्ट गरिएको केन्द्रले जनाएको छ ।

र्यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’ को मात्रा परीक्षण गर्ने गरेको छ । यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ । र्यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नैपर्ने हुन्छ । 

यस्तै सरकारले केही जिल्लामा कोरोना संक्रमण भए नभएको पत्ता लगाउन र्यापिड टेस्ट गर्ने निर्णय गरेको भएपनि कैलालीमा भने किट अपुग हुने देखिएको छ । जिल्लामा चैतमा मात्रै दश हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउंँबाट आएको हुनसक्ने स्थानीय तहहरुको अनुमान छ । 

हाल सरकारले सुदूरपश्चिममा १० हजार थान मात्र आरडिटी किट उपलब्ध गराएको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts