धनगढीमा आरटीपीसीआर मेसिन जडान, कोरोना परीक्षण सुरु



Download our app to get more features

धनगढी, २९ चैत । धनगढीमा कोरोना भाइरसको नमूना परिक्षणका लागि संघीय सरकारले पठाएको आरटीपीसीआर मेसिन जडानको काम सकिएको छ । 

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा आरटीपीसीआर मेसिन जडानको काम सकिएको सामाजिक विकास मन्त्रालयका डाक्टर चेतराज जोशीले जानकारी दिए ।

उनका अनुसार जडान सकिएसँगै प्रयोगशालाबाट कोरोना भाईरसको नमूना परिक्षणको काम थालिएको छ । अब उक्त  आरटीपीसीआर मेसिनबाट १२ घण्टामा दुई सय ७० जनाको नमूना परिक्षण गर्न सकिनेछ । संघीय सरकारले चार दिन अगाडी पठाएको उक्त मेसिन केही समाग्री अभावमा जडान हुन सकेको थिए ।

तर, शनिवार बिहान मात्र प्रदेशको सामाजिक विकास मन्त्रालयले नेपाली सेनाको हेलिकोप्टर मार्फत ती समाग्री धनगढी ल्याएको थियो । केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशालाको उक्त मेसिनले अब कोरोना परीक्षणलाई तिव्रता दिन सकिनेछ ।

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च रहेको भन्दै संघिय सरकारले बुधवार अर्काे प्रयोगशाला स्थापना गर्न उपकरण पठाएको थियो ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts